काठमाण्डु- कोरोना संक्रमणदर रोकथामका लागि काठमाण्डु उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला प्रशासनको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
साथै निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय पनि गरिएको छ । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाण्डुका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।
अन्य आदेश भने साविककै कायम रहने छन् । त्यसैगरी जिल्ला प्रशासनले कोभिड—१९ को तेस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्डविपरीत गतिविधि नगर्न र नगराउन सूचित गरेको छ । हालको जारी निषेधाज्ञा साउन २० गते रातिको १२ बजे सकिँदैछ ।







प्रतिक्रिया