सांसद विमला वलीको यात्राः फेरी माओवादीमै फर्किइन्

सांसद विमला वलीको यात्राः फेरी माओवादीमै फर्किइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेशकी सांसद विमला वलीले आफुले माओवादी केन्द्र त्याग नगरेको बताएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ बनेकी उनले आज आफु माओवादीमै रहेको स्पष्ट पारेको नेताहरुले बताएका छन् ।

आज उनले माओवादीका सांसदहरुसंग सम्पर्क गरेको बताइएको छ । ‘मुख्यमन्त्रीको निवासमा उहाँलाई बन्धकको रुपमा राखिएको जानकारी गराउनुभयो, उहाँलाई मुख्यमन्त्रीबाटै जबर्जस्ती रुपमा एमालेमा खुल्न दबाब दिइएको रहेछ,’ माओवादीका एक सांसदले भने ।

आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् ।