माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

माधव नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टी एकता र सरकारमा सहभागिताका विषयमा छलफल हुने नेता रघुजी पन्तले जानकारी दिए ।

स्थायी कमिटी लगतै केन्द्रिय कमिटीको बैठक पनि आजै बस्दैछ । सरकारमा संलग्न भए पार्टी एकताको संभावना समाप्त हुने भन्दै युवा नेताहरुले सरकार भन्दा पार्टी एकतामै जोड दिन नेता नेपाललाई दबाब दिएका छन् भने केही नेताहरुले आफुहरुकै कारण नयाँ सरकार गठन भएकाले सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएका छन् ।

नेता नेपाललाई गठबन्धनमा संलग्न दल कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूले निरन्तर भेट्दै छिटो निर्णय गर्न आग्रह गरिरहेका छन् ।

नेपाल समूहलाई संलग्न गराउने उद्देश्यअनुसारै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गरिरहेका छन् । नेता नेपाललाई मिलाउने प्रयोजनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल खटिइरहेका छन् ।