नेपाल पक्ष भन्छ : ओलीलाई अध्यक्ष बनाउन सम्भव हुँदैन

नेपाल पक्ष भन्छ : ओलीलाई अध्यक्ष बनाउन सम्भव हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले माधव नेपाल समूहले केपी शर्मा ओलीलाई अध्यक्ष मान्न नसकिने बताएको छ ।

बिहीबार स्थायी कमिटी बैठक अघि पत्रकारहरुसँग कुरा गर्दै नेता मेटमणी चौधरीले एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाउने कुरा सम्भव नभएको बताए । उनले एमाले एक हुन नदिए नयाँ पार्टी गठन गर्नुपर्ने बताए ।

‘एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ । एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन’, नेता चौधरीले भने ।

नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पनि केहीबरेपछि बस्दैछ । पार्टी र सरकारको धारणा बनाउन नेता नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।