मन्त्रीलाई नेकपाकै सांसद आलेको प्रश्न : तपाईलाई लाज लाग्दैन ?

मन्त्रीलाई नेकपाकै सांसद आलेको प्रश्न : तपाईलाई लाज लाग्दैन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसद प्रेम आलेले बजेटलाई लिएर मन्त्रीहरुको चर्को आलोचना गरेका छन् । सांसद आलेले मन्त्रीहरुमाथि जमिनदारी गरेको आरोप समेत लगाएका छन् ।

विषयगत मन्त्रालयको छलफलका क्रममा सांसद आलेले खेलकुदमन्त्रीको आलोचना गरे । आफूले डोटीका लागि सुरुमा सात वटा आयोजना दिएको तर, मन्त्रीले नै भनेर २ मा झारेको सुनाए । तर, बजेटमा एउटा पनि नपरेको गुनासो पोखे । खेलकुदमन्त्रीलाई प्रश्न गर्दै भने, ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने । आफ्नो जिल्ला कास्कीमा २४-२४ वटा योजना हाल्ने ? लाज लाग्दैन तपाईलाई ?’

आफ्नो टाउकोमा देखाउँदै उनले चेतावनीपूर्ण शैलीमा मन्त्रीलाई भने, ‘यस्तैयस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वा्चित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउन योजना नआएको भन्दै उनले आक्रोस पोखे ।

विमानस्थल स्तरोन्नतीका लागि प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटन मन्त्रीलाई आग्रह गरेको र सबैले हुन्छ भनेको तर एक कानले सुन्ने अर्कोले उडाउने गरेको उनको आरोप छ । कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै उनले भने, कर्णालीको नाममा जमिनदारी भएको छ ।’