काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी न्यून चापिय रेखा तराई भूभाग नजिक रहेकाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक,दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्नेछ ।
यस्तै राति पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।




प्रतिक्रिया