काठमाण्डु – लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलहरुले आज सरकारमा दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेका छन् ।
४२ जना सांसदको हस्ताक्षर बोकेर सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका नेताहरु प्रदेश प्रमुख अमिक शेरचन समक्ष पुगेका हुन् ।
कांग्रेसका सचेतक विरेन्द्र कुमार कनौडियाले अहिले आफूहरु सरकारमा दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालयमा रहेको जानकारी दिए । उनकाअनुसार मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई अघि सारिएको छ ।
प्रदेश प्रमुख शेरचनले बुधबार सरकारमा दाबी पेश गर्न दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए ।




प्रतिक्रिया