संसदमा माओवादीका सांसदको आक्रोशः कुलमानबाहेक अरु छैन ?

संसदमा माओवादीका सांसदको आक्रोशः कुलमानबाहेक अरु छैन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तीमाथि असन्तुष्टी जनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महतले पुरानो सरकारले हनुमान र नयाँ सरकारले कुलमानमात्रै देखेको भन्दै कुलमान बुढो भएपछि के गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

‘सांसद भएपछि मैले देखेको दुई सरकार । पुरानो सरकारले हनुमान र नयाँ सरकारले कुलमानमात्रै देख्यो,’ उनले प्रश्न गरे, ‘यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोज्या होइन । कुलमानबाहेक अरु छैन ? हनुमानले त हाम्रो कर्णाली प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठान धुजाधुजा पारिहाले । कुलमान बुढो भएपछि के गर्छ यो सरकार ?’

सांसद महतले घाटामा रहेका संस्थानहरुलाई नाफामा लैजान सरकारले पहल गर्नुपर्ने बताए । उनले विद्युत प्राधिकरणमात्रै नभई नेपाल एयरलाइन्स पनि घाटामा रहेको भन्दै नाफामा लैजान पहल गर्नुपर्ने बताए ।