काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपाललाई थप ५ करोड ५० लाख डोज खोपको आवश्यकता पर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए । आगामी असोजसम्म १ करोड ८ लाख डोज खोप नेपाल आइपुग्ने सुनिश्चित भएको उनको भनाइ छ ।
राज्यमन्त्री श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख डोज खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख डोज खोप लगाइएको जानकारी दिए ।
उनले खोपलाई सरकारले प्रमुख प्राथमिकतामा राखेकाले खोपको सुनिश्चित भएसँगै ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम राखिएको जानकारी दिए ।




प्रतिक्रिया