काठमाण्डु – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने विषयमा आशंका व्यक्त गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका उपमहासचिव पौडेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदैन भनेर विश्वास गर्दा हुन्छ भन्दै प्रश्न गरेका छन् ।
‘यो सरकारको पालामा कहिले पनि अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ?,’ उनले प्रंश्न गरे, ‘केही हप्ता, केही दिनभित्र राजनीतिक दल विभाजन अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ?’




प्रतिक्रिया