काठमाण्डु – लुम्बिनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । केसीले प्रदेश सभाका ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दबी पेश गरेका थिए ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आज तीन बजेसम्मको समय दिएका थिए ।




प्रतिक्रिया