शुक्रबार कुन राशिका लागि कति शुभ ?हेर्नुहोस् भाग्यफल

शुक्रबार कुन राशिका लागि कति शुभ ?हेर्नुहोस् भाग्यफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  वि.सं.२०७८ साल साउन २९ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट १३ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेटमा ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथीको सहयोगले महत्त्वपूर्ण कामहरू समयमा सम्पादन हुँदा मन प्रसन्न रहनेछ । टिम परिचालन गरी व्यवसाय बिस्तार गर्न सकिनेछ भने व्यापारबाट मनग्गे फाइदा हुने योग रहेको छ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइने हुँदा नाम कमाउन तथा पद प्राप्तिको योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम खोज्दै हुनुहुन्छ भने समयले रोजगार दिलाउने तथा कामका बढुवा हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुने योग रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्गे धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा मन नजाँदा गुरु वर्ग तथा आफन्तको गाली खाइनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नी बीच अविश्वास बढ्ने योग रहेको छ । दैनिक जीवनलाई सहज हुने छोटो तथा रमाइलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाले मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुरु गरिएका सामाजिक कामहरू समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्यक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आज गरिएको लगानी फस्टाएर जाने हुनाले व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीहरुलार्ई पछि छोड्दै एक कदम अगाडी बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विभिन्न अवसर आए पनि ती अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईंलाई पछाडि छोड्नेछ । व्यापार व्यवसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाइ हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपाईं आफ्नै पोल्टोमा पार्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने तपाईंको खैरो खन्नेहरु आफै साइड लाग्नेछन् ।