गोर्खा सैनिकका मागबारे वार्ता समिति गठन गर्न सांसद संग्रौलाको माग

गोर्खा सैनिकका मागबारे वार्ता समिति गठन गर्न सांसद संग्रौलाको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले गोर्खा सैनिकहरुका माग पूरा गर्न सरकारलाई आग्रह गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै डा. संग्रौलाले आन्दोलनरत गोर्खा सैनिकहरुका माग पूरा गर्न बेलायत सरकारसँग पहल गर्न माग गरेकी हुन् । नेपाल तथा ब्रिटेनबीच २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध रहेको स्मरण गर्दै उनले उक्त सम्बन्धको जग गोर्खा सैनिक भएको बताइन् ।

‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै शनिबारदेखि ब्रिटिश प्रधानमंत्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन् । उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो,’ उनले भनिन्, ‘त्यसैले म नेपाल सरकारलाई तत्काल कूटनीतिक मध्यमद्वारा ब्रिटिश सरकारसंग सम्पर्क गरी वार्ता समिति गठन गर्न, वार्ताको मिति र स्थान तोक्न पहल गर्न आग्रह गर्दछु । संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरुलाई मर्का पर्दा साथ दिनु हामी सबैको दायित्व हो ।’