दिल्लीबाट काठमाडौं आउदै गरेको जहाजमा चिल ठोक्कियो

दिल्लीबाट काठमाडौं आउदै गरेको जहाजमा चिल ठोक्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ध्वजावाहकको अन्तर्रा्ष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ ।
चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भागमा ) ठूलो क्षति पुगेको छ ।

 

 

 

भारतको नयांदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिटयुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो ।

 

 

 

जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९ एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए ।

 

 

यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससंग खरिद गरेको थियो ।  आजको नागरिक दैनिकमा समाचार छ ।