तीन किलो सुनसहित रत्नपार्कबाट दुई जना पक्राउ

तीन किलो सुनसहित रत्नपार्कबाट दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले राजधानीबाट तीन किलोग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

 

 

महानगरी प्रहरी वृत दरबारमार्गले तीन किलो सुनसहित रत्नपार्कबाट ढल्कु बस्ने मोहन महर्जन र जडिबुटीका आयुष बज्रचार्यलाई पक्राउ गरेको हो।

 

 

मोटरसाइकलमा रहेका उनीहरुलाई सुनसहित पक्राउ गरिएको दरबारमार्ग वृत्तका डिएसपी तिलक भारतीले जानकारी दिए।