एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा सुरु भएको बैठकमा माधव नेपालबाट अलग्गिएका सबै नेताहरु सहभागी भएका छन् । तर एमाले उपाध्यक्ष वामदेव गौतम भने उक्त बैठकमा अनुपस्थित रहेका छन् ।

माधव नेपाल पक्षले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेश गर्दा उतै प्रवेश गरेको भनिएका गौतमले पछि एमालेमै रहेको जानकारी दिएका थिए । मंगलबार ११ बजेका लागि तय भएको बैठक तयारी पुरा नभएको भन्दै चार घण्टा पछि सुरु भएको हो । यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादलाई किनारा लगाउँदै नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएपछि माधव नेपाल पक्षमा लागेका सबै ९ जना नेता करिव ६ महिना पछि आजको बैठकमा सहभागी भएका हुन् ।

सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, घनश्याम भुसाल, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त लामो समयपछि एमाले बैठकमा सहभागी भएका हुन् । सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए ।