एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

एकीकृत समाजवादीले पायो संसदीय दलको कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माधवकुमार नेतृत्वको (एकीकृत समाजवादी) पार्टीलाई संघीय संसद सचिवालयले संसदीय दलको कार्यालय उपलव्ध गराएको छ । मंगलबार संसद सचिवालयको भवन नम्बर १ को दोस्रो तलामा समाजवादीलाई दलको कार्यालय उपलव्ध गराइएको हो ।

भदौ २ गते नेकपा  एमाले विभाजन गरेर माधव नेपाल पक्षले नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । निर्वाचन आयोगले भदौ ९ मा आधिकारिकता दिएसँगै संसद सचिवालयले नेता नेपालको पार्टीलाई संसदीय दलको कार्यालय उपलव्ध गराएको हो ।