काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले बिहीबारकाे माैसम पूर्वानुमान गरेकाे छ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाले देशभर सामान्य बदली रहि केहि स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएकाे छ।राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली (देशभर सामान्य देखि पूर्ण बदली) रहने महाशाखाले जनाएको छ।
महाशाखाले आज देशको केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।




प्रतिक्रिया