सिस्नेखोला कार दुर्घटनाः ठेकेदारलाई तत्काल पक्राउ गर्न सिडिओको निर्देशन

सिस्नेखोला कार दुर्घटनाः ठेकेदारलाई तत्काल पक्राउ गर्न सिडिओको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ ।

नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारैजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । घटनामा परी घोराही–१३ की ३२ वर्षीया सुशीला श्रेष्ठ र घोराही–१४ की ३० वर्षीया राधा श्रेष्ठ कुँवरको घटनास्थलमा शव फेला परेको थियो ।

सोही घटनामा घोराही–१३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको थियो ।

बेपत्ता भएकाको शव प्रहरीले आज बिहान ३ः०० बजेतिर घोराही–३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रिजालले जानकारी दिए ।

गाडी चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनलाई घाइते अवस्थामा फेला पारेको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठेकेदारलाई पक्राउ गर्न निर्देशन

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

पुल बनाउन पटक–पटक ताकेता गर्दा ठेकेदार कम्पनीको वेवास्थाका कारण दुर्घटना भएको भन्दै उनले निर्माणाधीन पुलका ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका हुन् । सिडिओ कुरुम्बाङ्ले बाँके प्रहरीलाई पत्र लेख्दै तत्काल पक्राउ गर्न निर्देशन दिएका हुन् ।