राजधानीको हेलेना विनायक डेन्टल हस्पिटलमा शिलबन्दी

राजधानीको हेलेना विनायक डेन्टल हस्पिटलमा शिलबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अवैध रुपमा सञ्चालित काठमाडौंको काडाँघारीस्थित हेलेना विनायक डेन्टल हस्पिटलमा शिलबन्दी गरिएको छ।

 

 

 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले मंगलबार अनुगमनका अस्पतालमा शिलबन्दी गरेको हो।

 

 

अनुगमन संयोजक निरोज घिमिरेका अनुसार सो अस्पतालले जिल्ला जनस्वास्थ्य कार्यालयको स्वीकृति नलिएको पाइएपछि शिलबन्दी गरिएको हो।

 

 

 

यसैगरी, काँडाघारीमै रहेको सविना फर्मा र एनएण्डएस फार्मेसी प्रालिले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाएकाले २४ घन्टाभित्र औषधि व्यवस्था विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ।

 

 

 

शिलबन्दी गरिएको औषधि पसललाई तीन दिनभित्र र अन्य दुई पसललाई २४ घण्टाभित्र विभागका उपस्थिति नभए विभागले थप कारबाही गर्ने पनि चेतावनीसमेत दिएको छ।