कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारको मौसम पूर्वानुमान गरेको छ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाले देशरभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुको एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसैगरी, दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।