काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
उक्त रिट निवेदनमाथिको सुनावाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा पेशी तोकिएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै ओलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।




प्रतिक्रिया