काठमाण्डु – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा हालेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । शाक्यले घिसिङको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
कार्यकारी अधिकृत घिसिङविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकिएको छ ।
यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
शाक्यले घिसिङको नियुक्ति खारेजीको माग गर्दै आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न अन्तरिम आदेशको माग गरेका छन् । साथै उनले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गरेका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिती र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।
शाक्यलाई ऊर्जा आयोगमा सचिव सरहको सेवा सुविधा दिई चार वर्षका लागि नियुक्ति गरिएको थियो । तर उनी सर्वोच्च पुगेका हुन् ।




प्रतिक्रिया