चितवन – अखिल क्रान्तिकारीका प्रवक्ता एवम् उपमहाचिव जीपी मैनालीले आगामी निर्वाचनमा दक्षिणपन्थी र प्रगतिशिल क्याम्पहरुबीच प्रतिश्पर्धा हुने बताएका छन । शनिबार चीतवनको इच्छाकामनामा भएको वाइसिएल र अखिल क्रान्तिकारीको संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै नेता मैनालीले सो बताएका हुन् ।
आगामी निर्वाचनमा केपी ओली र कमल थापा लगायतका पछिल्लो परिवर्तन बिरोधी शक्ति र काँग्रेस सहित, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायत मलुकका परिवर्तन पक्षधर शक्तिका बीच प्रतिस्पर्धा हुने भन्दै उनले भने, ‘अबको निर्वाचनमा पछिल्लो परिवर्तनको स्वामित्व लिन नचाहने दक्षिणपन्थी नबढारिए परिवर्तनका उपलब्धि जोगाउन संभव छैन,’ मैनालीले अगाडी भने, ‘पछिल्लो चुनावमा मुलुकका वाम र गैरवाम जनमतका बीच प्रतिस्पर्धा भएको थियो । अब आउने चुनाव मुलुकका सबै प्रगतशिल शक्तिहरु एक ढिक्का भएर दक्षिणपन्थी मोर्चासँग भिड्ने छ र त्यसको नेतृत्व कमरेड प्रचण्डले गर्नेछन ।’
गणतन्त्रसहित जनताले रगत बगाएर ल्याएको व्यवस्था रक्षा गर्न दायीत्व मुलुकका तिन करोड जनताको जिम्मेवारी भएको उनको धारणा थियो ।




प्रतिक्रिया