कांग्रेस महाधिवेशन : ११ जिल्लाका वडामा निर्वाचन भोलि हुने

कांग्रेस महाधिवेशन : ११ जिल्लाका वडामा निर्वाचन भोलि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेसन अन्तर्गत वडा अधिवेसन आज पनि जारी छ । आज दाङ जिल्लाका वडाहरुमा मात्र निर्वाचन भइरहेको छ । दाङका १० स्थानिय तहका वडाहरुमा निर्वाचन सुरु भएको निर्वाचन समितिले जनाएको छ । सकेसम्म सहमतिको प्रयास भईरहेको छ ।

भोली बाँकी ११ जिल्लामा अधिवेसन हुने केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, वाग्लुङ, नवलपुर, सल्यान, मुगु र वैतडी जिल्लाका वडाहरुमा भोली निर्वाचन हुने बताइएको छ ।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये हिजोसम्म ३७ जिल्लामा वडाअधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत तथा केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

भदौ २३ गतेसम्म सबै जिल्लाको वडा अधिवेशन सम्पन्न गर्नुपर्नेे निर्वाचन समितिका संयोजक यादवले बताए । क्रियाशिल सदस्यको विवरण सार्वजनिक भएको ५६ जिल्लामा तोकिएकै समयमा अधिवेशन सम्पन्न हुने संयोजक यादवको भनाई छ । क्रियाशील सदस्यताको विवाद नमिलेका २१ जिल्लाको अधिवेशन भने अझै अनिश्चित छ ।