कीर्तिपुरमा मास्क नलगाउनेलाई प्रवेश निषेध

कीर्तिपुरमा मास्क नलगाउनेलाई प्रवेश निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कीर्तिपुर नगरपालिकामा मास्क नलगाइ प्रवेश गर्न नपाइने भएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि भन्दै आजदेखि नगरपालिकामा ‘मास्कविना प्रवेश निषेध’ अभियान शुरु गरिएको हो । अभियानको सुरुवात गर्दै नगर प्रमुख रमेश महर्जनले सबै नागरिकलाई कोरोनाबाट बचाउन मास्कनै प्रभावकारी रहेको बताए ।

कीर्तिपुर नगरपालिकाले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने र त्यसका लागि मास्क उपलब्ध गराउन ‘मास्क बैंक’को समेत स्थापना गरिएको जनाएको छ ।

सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न ‘मास्क बैंक’को स्थापना गरिएको नगर प्रमुख महर्जनले बताए ।