अखिल क्रान्तिकारी डडेल्धुरामा नयाँ नेतृत्व

अखिल क्रान्तिकारी डडेल्धुरामा नयाँ नेतृत्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) डडेल्धुरामा नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको १०औँ जिल्ला सम्मेलनले चन्द्रसिंह ऐरको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा चेतराज ओझा, उपाध्यक्षमा तारा भट्ट, उपाध्यक्ष–रामसिंह गुर्धामि, सचिव– बिपिनमहर, सहसचिव– कल्यान बि.क, सहसचिव– करन धिक्त, कोषाध्यक्ष– सरस्वती पाल रहेका छन् ।

सम्मेलनमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू(क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले नेपालमा एउटै शिक्षा प्रणाली लागु गर्न नयाँ योजना र कार्यक्रमको लिएर संगठन अघि बढ्ने दावी गरे ।

उनले नेपालको संविधानमा मौलिकहकको रुपमा लेखिएको शिक्षा,स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि शसक्त संघर्षको माध्यमबाट अघि बढ्दै नेपालमा असमान पढाई र समान प्रतिस्पर्धा हुने विभेदपुर्ण शिक्षाको अन्त्य गर्ने बताएका हुन् ।

सम्मेलनमा माओवादी केन्द्रका डडेल्धुरा अध्यक्ष तथा विशेष अतिथि मानसिंह माल ‘क्रान्ति’, क्रान्तिकारीका सचिव तथा सुदुरपश्चिम प्रदेश संयोजक मदन भुल, क्रान्तिकारीका केन्द्रिय नेताहरु भिम भट्ट, पावर्ती नेगी, दिपक विसि, लाल बहादुर पाण्डे लगाएतले आफ्नो भनाई राखेका थिए ।

त्यस्तै अखिल क्रान्तिकारीले आउँदो असोज ८, ९ , १० गते काठमाण्डुमा २२औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।