काठमाण्डु – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि भएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्न नसकिने बताएका छन् ।
नेकपा एमाले मोरङले आइतबार विराटचोकमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले १० बुँदे कार्यदलले दिएको सुझाव भएको भन्दै पार्टीको निर्णय अनुसार जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा हुने बताए ।
‘१० बुँदे कार्यदलले दिएको सुझाव हो पार्टीको निर्णय होइन । कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनसक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ,’ उनले भने, ‘भ्रममा नपर्नुस् ! १० बुँदे जस्ताको त्यस्तै कार्यान्वयन हुँदैन ।
पार्टीलाई जस्ताको त्यस्तै जेठ २ को अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने उनको भनाई थियो ।




प्रतिक्रिया