एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगायो (सूचीसहित)

एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगायो (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । शनिबार बसेको स्थायी कमिटीको बैठकले करिब ३ हजार प्रतिनिधिहरुको टुंगो लगाएको हो ।

त्यस्तै बैठकले विधान महाधिवेशनको मतिी सारेको छ । यसअघि असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेर असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको छ ।

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

को को हुन्छन् विधान महाधिवेशनमा सहभागी ?

१ः केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

२ः अनुशासन आयोगका पदाधिकारी र सदस्य

३ः लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

४ः निर्वाचन आयोगका पदाधिकारी र सदस्य

५ः केन्द्रीय विभागका सचिवसहित १५ सदस्य

६ः सल्लाहकार परिषदका पदाधिकारी र सदस्य

७ः जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य

८ः प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

९ः विशेष कमिटीका पदाधिकारी र सदस्य

१०ः जिल्ला कमिटीका पदाधिकारी र सदस्य

११ः निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य

१२ः जनसंगठनका पदाधिकारीमध्येबाट १० जना

१३ः पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

१४ः पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

१५ः एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

१६ः एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित