एमाले संसदीय दलको बैठक बस्दै, सरकारविरुद्ध थप रणनीति तय गर्ने

एमाले संसदीय दलको बैठक बस्दै, सरकारविरुद्ध थप रणनीति तय गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजको संसद बैठमा प्रस्तुत हुने रणनीति तय गर्न मध्यान्ह १२ बजे बैठक बोलाएको एमालेका प्रमुख सचेतक विशाल भट्टराइले जानकारी दिए ।

एमालेको नारावाजीका बीच सरकारले शुक्रबारको बैठकमा बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । प्रतिपक्षको विरोधकाबीच सभामुखले पेलेरै कारवाही अगाडी बढाएको एमालेको आरोप छ ।

संसदीय दलको बैठकले सभामुख र सरकारविरुद्ध थप रणनीति तय गर्ने बुझिएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो ।