संसद बैठक भदौ २९ गतेसम्म स्थगित

संसद बैठक भदौ २९ गतेसम्म स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक भदौ २९ गते सम्मका लागि स्थगित गरिएको छ । पार्टी फुटाउन भुमिका खेलेको भन्दै एमालेले सभामुखको भुमिका माथी प्रश्न उठाएको छ ।

एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले रोष्टम घेरा हालेर नारावाजी गरेका हुन् । एमालेको अवरोधपछि सहमति जुटाउन भन्दै सभामुख अग्नि सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि बैठक स्थिगित गरेका थिए ।

दोस्रो बैठकको सुरुवातमै एमालेका सांसदहरुले नारावाजी गरेका थिए । सभामुखले पटकपटक सहमतिका लागि आग्रह गरेपनि प्रतिपक्षले नारावाजी नरोकेपछि आजको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । अब अर्को बैठक भदौ २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।