काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई वर्षपछि आफु पनि एक्लिनुपर्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आइतबार वामपन्थी लेखक परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मार्क्सवाद र वैज्ञानिक समाजवादका सिद्धान्तमा लागेपनि आफूले एजेण्डामा सम्झौता नगरिदिँदा आगामी एक दुई वषपछि एक्लिनसक्ने भन्दै चिन्ता व्यक्त गरे ।
माओले लास्टमा मलाई श्रीमतीको पनि विश्वास छैन भनेको स्मरण गर्दै प्रचण्डले भने, ‘माओले भनेजस्तो एक्लो छु भन्नुपर्ने हो कि ? कहिलेकाहीँ १–२ वर्षपछि म पनि एक्लो पो हुने हो कि भन्ने एक खालको चित्र कहिलेकाँही दिमागमा आउँछ ।’
उनले अझैपनि कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान सक्ने आधार रहेको बताए । ‘विश्वका कतिपय देशमा कम्युनिस्ट आन्दोलनको नामनिशान छैन तर नेपालमा अझै कम्युनिस्ट आन्दोलनको बलमा वैज्ञानिक समाजवाद निर्माण गर्न सकिने आधारहरू छन् । कम्युनिस्ट आन्दोलनलाई उचाइमा लैजान नेकपा बनाइयो तर, विविध कारणले एकता सफल हुन सकेन । अझै पनि एकताको पहल छ,’ उनले भने ।




प्रतिक्रिया