एमालेले कारबाही गरेका १४ सांसदको रिटको सुनुवाई न्यायाधीशद्वय कार्की र खड्काको इजलासमा

एमालेले कारबाही गरेका १४ सांसदको रिटको सुनुवाई न्यायाधीशद्वय कार्की र खड्काको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपालसहित १४ जना सांसदलाई कारबाहीको माग गर्दै दायर भएको रिटको सुनुवाई आज सर्वोच्च अदालतमा हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले सभामुख अग्नि प्रसाद सापकोटा र निर्वाचन आयोगलाई विपक्ष बनाएर दायर गरेको रिटको सुनुवाई न्यायाधीशद्वय दीपक कार्की र मीरा खड्काको इजलासमा हुने भएको हो ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले उक्त मुद्दाबारे प्रारम्भिक सुनुवाई गर्दै आज दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

साथै आजको इजलासले नेकपा (एकीकृत समाजवादी) को वैधानिकताबारे पनि फैसला गर्ने भएको छ । अध्यक्ष ओलीले भदौ १७ गते एकीकृत समाजवादीको वैधानिकतालाई लिएर सर्वोच्चमा रिट दायर गरेका थिए ।