अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

अफगान विश्वविद्यालयमा अब छात्रछात्रा सँगै पढ्न नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानका विश्वविद्यालयमा महिला र पुरुषले सँगै पढ्न नपाउने भएका छन् ।  विश्वविद्यायलयमा महिला र पुरुषका लागि अलग – अलग कक्षा सञ्चालन हुने शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले जानकारी दिएका छन् । 

उनका अनुसार विश्वविद्यालयमा महिलाले पढ्न पाउने भए पनि पुरुषसँगै अध्ययन गर्न नपाउने भएका हुन् । पछिल्लो नीतिले तालिवान शासनमा परिवर्तनको संकेत गरेको छ ।

छात्र र छात्राका लागि छुट्टै कक्षा सञ्चालन गर्न पर्याप्त स्रोत साधनको अभाव भएकाले पछिल्लो नीति कार्यन्वयन नहुने धैरैले दावी गरेका छन् । महिलालाई शिक्षाबाट वञ्चित गर्ने प्रयासस्वरूप तालिवानले पछिल्लो कदम चालेको हुन सक्ने केहीको भनाई छ ।

तर, शिक्षामन्त्री हक्कानीले आफूहरूसँग पर्याप्त महिला शिक्षिका भएकोले अलग पढाउन कुनै समस्या नहुने दाबी गरेका छन् । अभाव देखिएमा पुरुष शिक्षकलाई पर्दा पछाडिबाट वा अन्य प्राविधिक विकल्प रोज्न सकिने उनको भनाई छ ।