काठमाण्डु – संसद सचिवालयले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले भोलि दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
सचिवालयका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै बैठकमा २०४८ सालमा राष्ट्रिय सभामा मनोनित सदस्य रुक्म शम्शेर जवराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।





प्रतिक्रिया