काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउनुपर्ने माग राख्दै एमालेका दुई सांसदले दायर गरेको रिटमा आज सर्वोच्च अदालतले निर्णय दिने भएको छ ।
प्रतिनिधिसभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए ।
उनीहरुको मुद्दा न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ । रिटमा उनीहरुले अन्तरिम आदेशको माग गरेका छन् । यसअघि भदौ २७ गते न्यायाधीश मीरा खड्काको इजलासले उक्त मुद्दामा सुनुवाइ गर्दै उनीहरुको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन अल्पकालीन आदेश जारी गरेको थियो ।




प्रतिक्रिया