सरकार गठन भएको दुई महिना पूरा, अध्यादेशले अड्कियो मन्त्रिमण्डल विस्तार

सरकार गठन भएको दुई महिना पूरा, अध्यादेशले अड्कियो मन्त्रिमण्डल विस्तार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको आज दुई महिना पूरा भएको छ । सर्वोच्च अदालतको आदेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम असार २९ गते देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

सरकार गठन भएको २ महिनासम्म ४ मन्त्री र १ राज्यमन्त्रीको भरमा देउवाले सरकार चलाइरहेका छन् । मन्त्रिपरिषदलाई पूर्णाता दिन नसको भन्दै देउवाको आलोचना समेत सुरु भएको छ । नियुक्त भएकै दिन आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबाट देउवाले दुई÷दुई जना मन्त्री नियुक्त गरेका थिए ।

साउन १० गते देउवाले आफ्नै पार्टीका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री देउवाले अहिले १७ मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालिरहेका छन् । नेपाली कांग्रेसका नेता प्रकाश शरण महतले नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाइसके पनि अदालतमा मुद्दा परेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताए।

अध्यादेश खारेजपछि मात्रै सरकारमा

नेकपा एकीकृत समाजवादीका नेता मेटमणी चौधरीले आफूहरु सरकारमा सहभागि हुन अगावै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश खारेज हुनुपर्ने बताए । अध्यादेश खारेजभएपछि मात्रै आफुहरु सरकारमा जाने उनको भनाइ छ ।

‘अध्यादेश खारेज गर्ने माग गरेका छौं । एउटा कामका लागि ल्याएको अध्यादेश काम समाप्त भएपछि बन्द गर्नुपर्छ । अध्यादेश बन्दका लागि प्रक्रियामा गइसकेको छ,’ उनले भने ।

देउवाले नाम मागे

चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरुसंग सरकारमा सहभागि हुने नाम मागेका छन् । पार्टी भित्रैबाट पनि मन्त्रिपरिषदलाई पूर्णता दिने बिषयमा दवाब आएको भन्दै देउवाले गठबन्धनको बैठकमा नाम माग गरेका हुन् ।

गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुने दलसंग नाम माग गरेको बताइन ।