माओवादी फेरि पनि देशकै शक्तिशाली पार्टी बन्छ : प्रचण्ड

माओवादी फेरि पनि देशकै शक्तिशाली पार्टी बन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी देशकै शक्तिशाली पार्टी हुने बताएका छन् ।

आज पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी फेरि पनि एक नम्बरको पार्टी बन्ने बताएका हुन् ।

‘देशैभरी संगठन संरचना र विचार पुर्याएर जाने हो भने फेरि पनि माओवादी देशकै शक्तिशाली र एक नम्बर पार्टी बन्छ,’ उनले भने, ‘आगामी निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले पनि रोक्न सक्दैन ।’

संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेका भन्दै प्रचण्डले संविधान संशोधनका लागि आफुहरु सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताए ।

उनले भने, ‘क्रान्ति आन्दोलनमा जाने भनेपछि जुर्मुराएर उठ्ने पंक्ति पनि यही पार्टीभित्र रहेको पनि देखेँ । लाखौंको संख्यामा सडकमा आउन तयार रहेछन । तर, हामीले राजनीतिक दलहरुबीच सहमति गरेर अघि बढ्न चाहेका छौं । जरुरी पर्‍यो भने हामी सडकमा जानुपर्ने हुनसक्छ ।’