माओवादी नेता फुर्वासहित मकवानपुरका जिल्ला नेता एमालेमा प्रवेश

माओवादी नेता फुर्वासहित मकवानपुरका जिल्ला नेता एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी क्रान्तिकारीका नेता दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सभासद समेत रहेका फुर्वाले एमाले अध्यक्ष केपी ओलीलाई भेटेर मंगलबार एमालेमा प्रवेश गरेका हुन् ।

फुर्वासँगै मकवानपुरकी माओवादी नेता वरिना बल तामाङ, राजेश गहतराजलगायतका नेताहरूले माओवादीको साथ छोडेका छन् । नवप्रवेशीलाई ओलीसंगै महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल, मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।