माओवादीभित्र बर्चश्व कायम गर्ने होडबाजीप्रति शक्ति बस्नेतको असन्तुष्टि

माओवादीभित्र बर्चश्व कायम गर्ने होडबाजीप्रति शक्ति बस्नेतको असन्तुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले पार्टीभित्र कस्ले कसरी बर्चश्व कायम गर्ने विषय प्राथमिकताको बिषय नभएको बताएका छन् । माओवादी केन्द्रभित्र नेतृत्वका लागी पार्टीका नेताहरुबीच अस्वस्थ प्रतिस्पर्धा भइरहेका बेला बस्नेतको यस्तो भनाई आएको हो ।

उनले अहिलेको आवश्यकता भनेको परिवर्तनका मुल्यहरुको रक्षा गर्दै जनक्रान्तिका बांकि कार्यभारहरु पूरा गर्ने र माओवादी केन्द्रलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी भुमिकामा पुर्नस्थापित गर्ने हुनुपर्ने दावी समेत गरको छन् ।

माओवादी केन्द्रभित्र नेतृत्वको दावेदार समेत रहेका नेता बस्नेतले सामाजिक संजालमा लेख्दै भनेका छन्, ‘पार्टी भित्र कस्ले कसरी बर्चश्व कायम गर्ने वा स्थापित गर्ने पार्टीको लागि आज यो प्राथमिकताको बिषय होईन, परिवर्तनका मुल्यहरुको रक्षा गर्दै जनक्रान्तिका बाकि कार्यभारहरु पूरा गर्न हाम्रो पार्टी माओवादी केन्द्रलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी भुमिकामा पुर्नस्थापित गर्नु आजको मुख्य प्राथमिकता हो र हुनु पर्दछ । ’

माओवादीभित्र पार्टीको भावी नेतृत्वको लागी नेताहरु जनार्दन शर्मा र वर्षमान पुनबीच तिव्र प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धामा नेता बस्नेत र अर्का नेता कृष्णबहादुर महरा समेत छन् ।

पुर्वगृहमन्त्री समेत रहेका नेता माओवादीको आधार इलाका मानिने कर्णाली प्रदेशको इन्चार्ज समेत हुन । उनि माओवादीमा वैचारिक नेताका रुपमा समेत चिनिन्छन् । पछिल्लो समय बस्नेतले पार्टीलाई नेतृत्वदायी भुमिकामा लग्नको लागी स्पष्ट राजनीतिक कार्यदिशा र वैचारिक आधार निर्माण गनुपर्ने आवाज उठाउंदै आएका छन् ।