मन्त्री नियुक्तीमा पौडेल पक्ष असन्तुष्ट, शशांक निवासमा बैठक बस्दै

मन्त्री नियुक्तीमा पौडेल पक्ष असन्तुष्ट, शशांक निवासमा बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ ।

परराष्ट्रमा पौडेल पक्षले दाबी गरिरहेका बेला प्रधानमन्त्री देउवाले आफू पक्षीय खड्कालाई नियुक्त गरेपछि कांग्रेसभित्र असन्तुष्टी चुलिएको हो । सोही विषयमा छलफल गर्न पौडेल पक्षले छुट्टै बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने बैठकमा प्रधानमन्त्री देउवाले एकलौटी रुपमा मन्त्री नियुक्त गरेको विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।

गत असार २९ गते नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना मन्त्री नियुक्त एका थिए । त्यसपछि देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्त गरे । देउवाले एकलौटी रुपमा एकपछि अर्को नियुक्ती गर्दै गएपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो ।

खड्का मन्त्री भएसँगै कांग्रेसको कोटाबाट मन्त्री बन्नेको संख्या प्रधानमन्त्रीसहित पाँच जना पुगेका छन् । प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा पार्टीको भागमा पर्ने मन्त्रालयमा विस्तारै आफ्नै पक्षका नेताहरुलाई जिम्मेवारी दिँदै लगेका छन् ।

देउवाले आजै पदाकिारी बैठक डाकेका छन् । दिउँसो ३ बजे बुढानिलकण्ठमा देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक डाकेका हुन् । बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि पौडेललगायतका नेताहरुबीच छलफल हुने बताइएको छ ।