बिहीबार १२३९ कोरोना संक्रमित थपिए, १३२४ जना डिस्चार्ज

बिहीबार १२३९ कोरोना संक्रमित थपिए, १३२४ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा १३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । आज थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।