प्रचण्ड भन्छन् – केपीजत्तिकाे वुद्धि नभएको नेता कोही पनि छैन

प्रचण्ड भन्छन् – केपीजत्तिकाे वुद्धि नभएको नेता कोही पनि छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रण्चण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजत्तिकाे वुद्धि नभएको नेता अरु कोही पनि नभएको आरोप लगाएका छन् । बिहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको कार्यक्रममा उनले ओलीले महान नेता हुने अवसर गुमाएको बताएका हुन् ।

‘केपीजत्ति वुद्धि नभएको नेता कोही पनि छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझादारी पालना गरेको भए । केपी ओली नेपालको इतिहासमा महान नेता हुने अवसर थियो’ उनले भने ।

त्यसैगरी उनले ओली प्रवृत्तिबारे आफूले तत्कालिन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको दावी गरेका छन् । प्रचण्डले भने, ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्र्सवादी होइन, यो सामन्ती हिन्दु अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । ‘ कम्युनिस्टले यस्तो काम गर्छ त ?’