दशैंको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने, अनलाइनबाट पनि बुक गर्न सकिने

दशैंको लागि अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने, अनलाइनबाट पनि बुक गर्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दसैँको लागि लामोदूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ ११ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि नेपाल यातायात व्यवसायी महासंघले यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

महासंघका महासचिव सरोज सिटौलाले असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको बताए । यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ । टिकट बुकिङ गर्न चाहनेले सहजै अनलाइन प्रविधिमाफत् बुकिङ गर्न सकिनेछ ।