काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ५५० जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया