शनिबारको मौसम कस्तो रहला ?

शनिबारको मौसम कस्तो रहला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल मुलुकभर भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले माैसम सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ।

बिहान देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दिउँसो र रातीसमेत देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।