काठमाण्डु – त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा छैटौँ कलेजो प्रत्यारोपण सफल भएको छ ।
शिक्षण अस्पतालका लिभर प्याणक्रियाज सर्जन डाक्टर रमेश सिंह भण्डारीका अनुसार एक जना ३६ वर्षीय पुरुषको सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको हो । ती पुरुषलाई ३१ वर्षीय श्रीमतीले कलेजो दिएकी हुन् ।
भारतको फोर्टिस अस्पतालका डाक्टर विजय भिजको टोली प्रत्यारोपणमा सघाउन शिक्षण अस्पताल आएको थियो । शिक्षण अस्पतालमा यसअघि पाँच वटा कलेजो प्रत्यारोपण सफल भैसकेको छ ।




प्रतिक्रिया