स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका -२ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।

उनीहरू चितवनबाट काठमाण्डु आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइसको ८ र ९ नम्बर सिटमा थिए । प्रहरी प्रभाव नागढुंगाको टोलीले चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख बरामद गरेको हो ।