भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै मुलुकको विकास र समृद्धि सम्भव : नेता गुरुङ

भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै मुलुकको विकास र समृद्धि सम्भव : नेता गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङले विकासको बाधक भ्रष्टाचार रहेकाले भ्रष्टाचारमुक्त नेपाल बनाउनुपर्नेमा जोड दिएका छन् ।

माओवादी केन्द्र शुक्ला गण्डकी नगरपालिका–१२ ले लामागाउँमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न सकिएमात्रै नेपालको विकास र समृद्धि सम्भव रहेको बताए ।

भ्रष्टाचार र कमिशनले देश ध्वस्त भएको उल्लेख गर्दै गुरुङले भने, ‘भ्रष्टाचारले अन्तर्राष्ट्रियस्तरमा नेपाल बदनाम भइरहेको छ, यसलाई न्यूनीकरण गर्नुपर्छ ।’ हरेक कुरामा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी हुनुपर्ने टिप्पणी गरे ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, केन्द्रीय सदस्य आशा कोइराला, शुक्लागण्डकी नगर कमिटीका सचिव मनराज गुरुङलगायतले माओवादी सङ्गठन सुदृढीकरण गर्दै आगामी निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने जिकिर गरेका थिए ।