काठमाण्डु – प्रहरीले सम्पर्कवीहिन भएका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनाको नाम सार्वजनिक गर्दै प्रहरी प्रधान कार्यालय नक्सालले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको हो । प्रहरी कार्यालयले तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।
आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी, प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।
कैलालीको गोदावरी घर भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया